सिद्धार्थ इन्स्योरेन्सको २२ लाख कित्ता हकप्रद सेयर खुल्यो

Advertisement

काठमाडौंः सिद्धार्थ इन्स्योरेन्सको एक सय रुपियाँ अंकित २२ लाख ४४ हजार नौ सय ७३ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सको सेयरका लागि असार १७ गतेदेखि साउन २० गतेसम्ममा आवेदन दिन पर्नेछ । हकप्रदको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल तथा एनएमबी बैंकका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट आश्वा पाएका बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

३५ प्रतिशत हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement