विश्वकप फुटबलको अवसरमा सामसङ टिभीले ल्यायो ‘फिल द गेम’ योजना

Advertisement

काठमाडौंः सामसङ टिभीले विश्वकप फुटबल २०१८ को अवसरमा ‘फिल द गेम’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सामसङले आफ्नो उत्पादनका टिभीहरुको खरिदमा विशेष अफर सार्वजनिक गरेको हो ।

कम्पनीले सामसङका विभिन्न मोडलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ । यसका साथै, सम्पूर्ण टेलिभिजनमा दुई वर्षको वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ता अफर पनि सार्वजनिक गरेको छ ।

इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपालभर लागू हुनेछ ।

यस योजनामा टिभी खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, भयोदा अस्पताल, केजिएच ग्रुप जस्ता कम्पनीहरुसँग सहकार्य गरी सेवामा छुटको व्यवस्था पनि मिलाइएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement