कर्णालीको विकासका लागि प्रथामिकता निर्धारण गर्न सुझाव

Advertisement

सुर्खेतः कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि प्रथामिकता निर्धारण गरेर बजेट ल्याउनु पर्ने सझाव दिएका छन् ।

कर्णाली प्रदेश सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनीहरुले सरकारलाई प्रथामिकता निर्धारण गरेर प्रदेशको बजेट ल्याउन सुझाव दिएका हुन् ।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेशको प्रथामिकताका आधारमा आगामी बजेटको निमार्ण गर्न सरकारलाई सुझाव दिए । कनिका छराइभन्दा कर्णाली प्रदेशमा देखिने गरि प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ थियो । “प्रदेशमा कम्तीमा शिक्षण अस्पताल, विश्वविद्यालय, पर्यटन केन्द्र, सडक, कृषिलगायतका आयोजना बन्नुपर्छ अनि मात्रै कर्णाली प्रदेशको नमूना काम हुन्छ”–उनले भने ।

प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशको आर्थिक विकास गर्न सडक, सञ्चार, कृषि तथा जडीबुटीको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उनले भने, “कर्णालीलाई समृद्ध बनाउन प्रदेशको प्राथमिकता निर्धारण गरेर भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ ।”

Advertisement

Advertisement

Advertisement