एनआइसी एसियाको नयाँ शाखा हरिपुर्वामा, कुल शाखा २२४ पुग्यो

Advertisement

काठमाडौंः एनआइसी एसियाले सर्लाहीको हरिपुर्वा–५ को बजार चोकमा मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिपुर्वा गाउँपालिकाका अध्यक्ष सीताराम रायले यसको उदघाटन गरे ।

यससँगै एनआइसी एसियाको मुलुकभर २२४ शाखा पुगेको छ । त्यसबाहेक बैंकको २१० एटिएम, १४ एक्स्टेन्सन काउण्टर, नौ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकको वासलातको आकार एक खर्ब ६६ अर्ब भन्दा बढि पुगेको र कर्जा करिब एक खर्ब १८ अर्ब तथा निक्षेप करिब एक खर्ब ४१ अर्ब पुगिसकेको जनाइएको छ । हालसम्म यस बैंकको ग्राहक संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement