स्मार्ट लाइसेन्स एक महिनाभित्र वितरण सुरु गरिने

Advertisement

काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन । तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ ।

अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement