१२ बर्ष पूरानो कार्यक्रम बन्द गर्न बास्कोटाको निर्देशन, भिडियोमा हेर्नुहोस मन्त्रीको 'रवाफ'

Advertisement

काठमाडौंः सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले हस्तक्षेप गर्दै बिगत १२ बर्षदेखि सञ्चालन भइरहेको कार्यक्रम बन्द गराइदिएका छन् । नेपाल टेलिभिजनका सम्वद्ध पत्रकार एवं कर्मचारीहरुले संचारमन्त्रीको ठाडो निर्देशनमा सिधा प्रश्न नामक कार्यक्रम बन्द गराइएको सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् । राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रममा केही दिनअघि मन्त्री बास्कोटाले लाइफ अन्तरवार्ता दिँदा झुट् बोलेको कुरा सामाजिक सन्जालमा भाइरल भएपछि सोही रिसमा कार्यक्रम बन्द गर्न निर्देशन दिएको हुन ।

Advertisement

कार्यक्रम सञ्चालक थापाले सरकारको प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाको यो कदमको आलोचना गरेका छन् । उनले देशका जनताको सुचनाको सम्बैधानिक हक प्रत्याभुत गराउने, स्वतन्त्र प्रेसलाई प्रबर्द्धन गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको यो कदमले सरकार स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा रहेको, सत्तालाई जवाफदेही बनाउने पत्रकार र सन्चार माध्यम नियन्त्रण गर्न चाहेको संकेत देखिएको बताएका छन् ।

अन्तरवार्ताको दिनमा भित्र र बाहिर समेत मन्त्री बास्कोटाको शैली कुनै श्री ३ महाराजको भन्दा कम महशुश नभएको भन्दै थापाले मैले यति धेरै दबाबबोध विगत १२ बर्षमा कहिल्यै नगरेको बताएका छन् ।
मन्त्रिले टेलिभिजनका पत्रकार र कर्मचारीलाई हाताभित्र पसेदेखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको थापाले खुलासा गरेका छन् । अन्तरवार्ता दिँदा र अघि पछिको व्यवहारले यस्तो लाग्थ्यो कि मन्त्री हामीलाई आफ्नो रैति ठान्छन्, उनले आफ्नो फेसबुक प्रतिक्रियामा उल्लेख गरेका छन् ।
सभ्य लोकतान्त्रिक अभ्यास र सचेत जनता हुने देशमा मन्त्रीले बोलेको सफेद झुट र गलत कार्यवापत पद गुमाउनु पर्थ्यो होला भन्दै उनले तर हाम्रो देशमा उल्टै शासकको कोपभाजनमा पर्नुपरेको पीडा उल्लेख गरेका छन् ।

Advertisement

Advertisement