विश्वकपमा ‘क्लियर टिभी वलर्डकप किकअफ’ अफर सार्वजनिक

Advertisement

काठमाडौंः नेपालको टेलिभिजन, इन्टरनेट र नेटवर्कको सेवा दिइरहेको सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा ‘ क्लियर टि.भि.वल्ड कप किक अफ’ अफर सार्वजनिक गरेको छ ।

विहीवारदेखि सुरु हुन लागेको विश्वकपको अवसरमा कम्पनीले ग्राहकहरुलाई मात्र २०१८ को प्याकेज खरिदमा जडान सेबा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने भएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई हाई डेफिनिसन पिक्चर क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना सार्वजनिक गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको योजनामा सर्त तथा नियमहरु लगूहुने जनाएको छ ।

हाल क्लियर टिभी सेवामा दुई सय ५० भन्दा बढि डिजिटल च्यानलहरु छन् । जसमा, ६० भन्दा बढि एच डि च्यानलहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement