एनएमबि बैंकको एफपिओ आजदेखि बिक्री खुला

Advertisement

काठमाडौंः एनएमबि बैंकले फर्दर पब्लिक अफरीङ (एफपीओ) बुधबरदेखि जारी गरेके छ । बैंकले प्रति सेयर तीन सय ३३ रुपियाँको दरमा एफपीओ निष्कासन खुला गरेको हो ।

बैंकले अंकित मूल्यमा दुइ सय ३३ रुपियाँ प्रिमियम थप गरि तिन सय ३३ रुपियाँ प्रति सेयर पर्ने एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयरको एफपिओ निष्कासन गरेको हो ।

आवेदकले एफपिओको लागि न्युनतम १० कित्तादेखि र अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन सकिने बैकले जनाएको छ । बैकले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार दुई सय ७९ रुपियाँ बराबरको सेयर एफपिओमा जारी गरेको छ ।

बैंकको एफपिओमा छ वटा संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने जनाएको छ । जसमा, लगानि कोषको अतिरिक्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनर्र्आबिएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभुक्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ रहेका छन् ।

एफपिओ निष्कासन पश्चात बैंकको कुल चुक्ता पुँजी सात अर्ब ६० करोड ३२ लाख ९० हजार रुपियाँ पुग्ने छ । बैंकले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्ति गरेको छ ।

Advertisement

Advertisement

Advertisement