आइएमई १८औं वर्षमा प्रवेश

Advertisement

काठमाडौंः देशभर करिब २० हजार सञ्जाल रहेको आइएमईले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको समयदेखि रेमिटेन्सको क्षेत्रमा काम गरेको आइएमइले बुधवार १८औं वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ । यस्तै, रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement