जडिबुटीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक घाइते (अपडेट)

Advertisement

काठमाडौंः टिप्परको ठक्करबाट राजधानीको जडिबुटीमा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । बुधवार विहान टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलामभ्ये एकको मृत्यु र एक जना गम्भरि घाइते भएका हुन् ।

बा४ख ३५५८ नम्बरको टिप्परले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि ललितपुरको ग्वार्कोमा रहेको बिएन्डबी अस्पताल लगिएको अवस्थामा स्कुटर चालक अस्मिता भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जडिबुटीमा टिप्परको ठक्करबाट दुई जना गम्भीर घाइते, चालकले घाइतेलाई ब्याक गरेर किचेको आरोप

काठमाडौंः टिप्परको ठक्करबाट राजधानीको जडिबुटीमा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका छन । बुधवार विहान टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिला गम्भरि घाइते भएका हुन् ।

बा४ख ३५५८ नम्बरको टिप्परले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि ललितपुरको ग्वार्कोमा रहेको बिएन्डबी अस्पताल लगिएको बताइएको छ ।

स्कुटर चालकको महिलाको नाम अस्मिता भण्डारी रहेको जनाएको छ । टिप्पर चालक फरार रहेकाले स्थानीयले टिप्परमा आगजानी गरेको प्रहरीले बताएको छ ।

ठक्कर दिएपछि घाइते भएका दुई जनालाई टिप्परले ब्याक गरेर पुन किचेको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement