मैद्रिक नीति ल्याउने तयारीमा रहेका गर्भनर भन्छन– आठ प्रतिशतको आर्थिक वृद्धि गर्न गाह्रो छैन

chiranjivi_nepal

काठमाडौंः आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धि र छ दशमलव पाँच प्रतिशतभित्र मूल्यवृद्धि कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् ।

आइबीएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बुधबार गभर्नर नेपालले विगत दुई आर्थिक वर्षमा नेपालले छ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरेको बताउँदै नेपालको कुल ग्राहस्थ उत्पादन पनि तीन हजार अर्ब हाराहारी पुगेको बताए ।

united_cement

तीन वर्ष अगाडि बैंकको चुक्ता पुँजी चार गुणाले वृद्धि गर्नुपर्ने नीति ल्याउँदा धेरैले विरोध गरेको भए पनि समयक्रमले यो चाहिने नै हो भन्ने पुष्टि भएको उनले बताए । नेपालले राजनीतिक अस्थिरता, घण्टौको लोडसेडिङको समस्या हुँदाहुँदै पनि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भन्दै गर्भनर नेपालले हालको समयमा स्थिर सरकार र लोडसेडिङ पनि करिब करिब अन्त्य भइसकेको हुनाले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न गार्हो नहुने ठोकुवा गरे ।

विगतमा केन्द्रीकृतस्तरको मात्रै बजेट आउने गरेकोमा हाल संघीय बजेट, प्रान्तीय र स्थानीय बजेटसँगै त्यही अनुसारको आर्थिक क्रियाकलाप समेत बढ्ने हुँदा आर्थिक वृद्धि हासिल हुने कुरामा शंका नगर्न उनले सबैलाई आग्रह गरे ।