सञ्चालक सुन तस्करीमा संलग्न भएको आरोपमा ‘बाजेको सेकुवा’मा प्रहरीको छापा

Advertisement

काठमाडौंः त्रिभुवन विमानस्थलबाट अवैधरुपमा भित्र्याइएको ३३ किलो सुन तस्करी प्रकरणमा बाजेको सेकुवाका सञ्चालक पनि संलग्न रहेको देखिएपछि प्रहरीले उक्त रेष्टुरेन्टमा छापा मारेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान समितिको नेतृत्वमा बुधवार बाजेको सेकुवामा प्रहरीले छापा मारेको हो । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले बाजेको सेकुवाका सञ्चालकलाई प्रहरीले खोजिरहेको छ । सञ्चालक चेतन भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले यसअघि सुनका मालिक भनिने एमके अग्रवालको घरमा छापा मारेको थियो । उनको घरबाट महत्वपुर्ण कागजात फेला परेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सोमवार आरके ज्वेलर्सको न्युरोड र दरबारमार्ग शाखामा पनि छापा मारेको थियो ।

आरके ज्वेलर्सबाट प्रहरीले ठुलो परिमाणमा सुन तथा चाँदीका गरगहना बरामद गरेको थियो ।

Advertisement

Advertisement

Advertisement