स्थानीयस्तरको सरकारी खाता विकास बैंकहरुलाई सञ्चालन गर्न देउः गोविन्द ढकाल

Advertisement

काठमाडौंः नेपाल डेभलपमेन्ट बैकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले बैंकहरुको पुँजी वृद्धि भए पनि अन्य स्रोत साधनलाई ध्यान नदिई अन्धाधुन्ध कर्जा परिचालन गरेकाले भविष्यमा केही समस्या आउन सक्ने चेतावनी दिएका छन् ।

मौद्रिक नीतिबारे आइबीएन मिडिया एण्ड रिसर्चले बुधबार आयोजना गरेको कार्यक्रममा उनले विकास बैंकको महत्व काठमाडौं उपत्यकामा भन्दा पनि स्थानीयस्तरमा बढी रहेको बताउँदै विकास बैंकले स–साना ऋणहरु प्रदान गर्ने हुँदा स्थानीयस्तरको सरकारी खाता विकास बैंकलाई पनि सञ्चालन दिइनुपर्ने बताए ।

राष्ट्र बैंकले कृषिमा अनिवार्य ऋण लगानी गर्नुपर्ने प्रावधान ल्याए पनि सोही अनुसार केही छुटको व्यवस्था आगामी मौद्रिक नीतिमा भए आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न सजिलो हुने ढकालले बताए ।

पुँजी वृद्धिको माध्यम हकप्रद शेयरलाई बनाएका कारण अहिले व्याजदर अस्थिरताको समस्या आएको बताउँदै उनले ठूला बैंकहरु अझै मर्जरमा गएर १२ देखि १५ सम्म मात्र पुग्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement