बजेट हेरेर विस्तारकारी मौद्रिक नीति ल्याउः अग्रवाल, सिडी रेसियो हटाउँदा कुनै फरक पदैनः दाहाल

kamlesh_kumar_agrawal_bhuwan_kumar_dahal

काठमाडौंः नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले हालै आएको बजेटलाई हेरेर नेपाल राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुुको विकल्प नरहेको बताएका छन् ।

आइबीएन मिडिया एण्ड रिसर्चले बुधबार आयोजना गरेको कार्यक्रममा आगामी बजेटमा तीन हजार अर्बको जिडीपीमा ९८३ अर्बको राजस्व राखिएको छ, जुन झन्डै २९ प्रतिशत हुन आउँछ भन्दै उनले करको दरहरुमा भएको फेरबदल, अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको वृद्धिले मूल्यवृद्धिमा चाप पर्ने बताए ।

united_cement

अग्रवालले मूल्य वृद्धि छ दशमलव पाँच प्रतिशतमा राख्ने चुनौती एवं कूल अर्थतन्त्रको ४० प्रतिशत भनिएको अनौपचारिक अर्थतन्त्रलाई कसरी मूल धारको अर्थतन्त्रमा ल्याउने भन्ने लगायतका कुराहरु आगामी मौद्रिक नीतिमा समेटिनुपर्ने बताए ।

सानिका बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बासेल ३ को मापदण्ड अनुसार नेपाली बैंकहरु चल्नुपर्ने बताए । उनले सीआरआर, एसएलआरलगायतका व्यवस्थाहरु हाम्रो बैकिङ प्रणालीमा रहेको हुँदा सीडी रेसियो हटाउँदा कुनै फरक नपर्ने सुझाव दिए ।

वर्तमान तरलता अभावको समस्या विदेशबाट ऋण भित्र्याएर गर्न सकिने अवस्था रहेको दाहालको भनाई छ ।