सन् २०२६ को विश्वकप तीन देशले संयुक्तरुपमा गर्ने

Advertisement

एजेन्सीः सन् २०२६ को विश्वकप तीन राष्ट्रले संयुक्तरुपमा आयोजना गर्ने भएका छन् । उक्त विश्वकप संयुक्त राज्य अमेरिकाको नेतृत्वमा क्यनडा र मेक्सिकोले आयोजना गर्ने भएका हुन् ।

२०२६ को विश्वकप आयोजनाको लागि मोरोक्कोले पनि फिफामा आवेदन दिएको थियो । फिफा कंग्रेसमा भएको मतदानमा तीन देशको पक्षमा एक सय ३४ पाएको थियो ।

मोरक्कोले भने ६५ मात्र भोट मात्र पायो । यस्तै मतदानबाट एक भोट भने दुबैको विपक्षमा गरिएको थियो । तीन देशले आयोजना गर्ने २०२६ विश्वकपका ८० खेलमधये ६० प्रतिशत खेल अमेरिकामा हुने बताइएको छ । अमेरिकाले क्वाटरफाइनलदेखिका सबै खेल पनि आफ्नो देशमा गर्ने छ ।

सन् २०२२ को विश्वकप भने कतारमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement