स्मार्ट डोकोको ‘समर डोको डिल्स’ योजना सञ्चालनमा

summer-doko-deals-2018

काठमाडौंः स्मार्ट डोकोले गर्मि मौसममा इलेक्ट्रनिक्स, वल्र्डकप जर्सी, सौन्दर्य सामाग्री, परधान, घरेलु उपकरण, बच्चाको सामाग्री लगायत सामानहरु ‘समर डोको डिल्स’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना तोकिएका उत्पादनहरुमा ८२ प्रतिशत छुट सहित यस योजना सुरु गरेको हो ।

डोकोले उक्त योजना जुन १२ देखि ६ सम्मको लागि सञ्चालनमा ल्याएको हो । रिङ रोड भित्र आफ्ना सामानको अर्डरमा निःशुल्क डेलिभरी गर्ने कम्पनीले जनाएको छ । दिउसो १ बजे भन्दा अगाडीका अर्डर त्यहि दिन डेलिभरी गर्ने तथा भुक्तानी गर्न नगद लगायत कार्ड, मास्टर कार्ड तथा भिजा कार्ड बाट गर्न सकिने स्मार्ट डोकोले जनाएको छ ।

united_cement

समर डोको डिल्सले सोनी, फिलिप्स, स्याम्सुंग, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिनेछ ।

स्मार्ट डोको का १८ विभिन्न उत्पादन उपकरणहरु जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि उपलब्ध हुने स्मार्ट डोेकोले जानकारी दिएको छ ।

स्मार्ट डोकोले नेपालका मुख्य सहरहरुमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुने विश्वस स्मार्ट डोकोको छ ।