कोरियाली कम्पनी जि मोनि ट्रान्सको नेपालमा शाखा बिस्तार

Advertisement

काठमाडौंः अटो डेविट मोबाइल एप र अटो सेन्ड कार्डको सहज सेवा दिँदै आएको जि मोनि ट्रान्स कोरियाको कम्पनीले नेपालमा शाखा विस्तार गरेको छ । कम्पनीले विहीवारबाट झिमेमा पनि नयाँ शाखासहित सेवाको सुरु गर्दै छ ।

यसअघी कम्पनीले अनसन र डोङडाजेमनमा शाखासहित विभिन्न घुम्ती शिविरबाट सेवा दिदै आएको थियो । अब नया शाखा खुलेसंगै उक्त क्षेत्रका सेवाग्राही प्रभावित हुने कम्पनीले बताएको छ ।

जि मोनि ट्रान्स कोरियाबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेका पाँच हजार ५०० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट १० मिनेटमै प्राप्त हुन्छ । साथै, नेपालका सम्पूर्ण बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुमा पनी तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।

जि मोनिको मोबाइल एपबाट घरमै बसेर दर्ता गर्न पनी सकिन्छ साथै अटो डेबिटको सुबिधा भएको हुनाले पैसा पठाउन एटीएम जानु नपर्ने र अतिरक्त शुल्क पनी नलाग्ने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement