सनराइज बैंकको नयाँ शाखा पाल्पामा

Advertisement

काठमाडौंः सनराइज बैंकले बुधबार पाल्पाकोे निस्दी गाउँपालिका वडा नं ५ मा आफ्नो ८६औं शाखा बिस्तार गरेको छ । उक्त शाखा निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले उद्घाटन गरेकाहुन् ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा बिस्तार गरेको हो ।

बैंकले स्वास्थ्य बीमा सुविधा प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाखसम्मको खर्च शसोधभर्ना प्रदान गर्ने जानकारी दियो ।

यस्तै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालमा स्वास्थ परीक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको बताएको छ ।

बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाखसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement