काठमाडौंः प्रिमियर इन्स्योरेन्सले मोरङको विराटचोकमा र धनकुटाको बजारमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधवारदेखि आफ्ना दुई शाखा सञ्चालनमा ल्याएको हो ।
विराटचोक शाखाको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक दिपेन्द्रराज गौतमले र समाजसेवी भोलेश्वर दुलाले गरे । यस्तै धनकुटा बजारको शाखाको उद्घाटन कम्पनीका महाप्रबन्धक दिपेन्द्र गौतमले गरेका थिए ।
इन्स्योरेन्सको चुक्ता पूँजी हाल ५८ करोड ४० लाख रुपियाँ रहेको छ । यस्तै जगेडा कोषमा ७० करोड ४५ लाख रुपियाँ रहेको छ । कम्पनीले आर्थिक वर्षको वैशाखसम्ममा एक अर्ब २५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।