नक्कली नोट छापेको आरोपमा पक्राउ परेका फिल्म निर्माता वाग्ले जेल चलान

Advertisement

काठमाडौंः नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेसहित तीन जनालाई जिल्ला अदालत काठमाडौंले जेल चलान गर्न आदेश दिएको छ ।

उक्त अदालतका न्यायाधीस शिवप्रसाद खनालको इजलासले बुधबार वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित एक–एक लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन्।

प्रहरीले गत जेठ २ गते दुई करोड ५० लाख नक्कली नोटको कारोबारको आरोपमा वाग्लेलगायतलाई पक्राउ गरेको थियो । वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ निर्माणको खर्च जुटाउनका लागि नक्कली नोट छापेको बयान दिए पनि अदालतले उनलाई दोषी औंल्याएको हो ।

Advertisement

Advertisement

Advertisement