विश्वकपको उद्घाटन आधा घन्टासम्म चल्ने

Advertisement

काठमाडौंः आजदेखि रसियामा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटनमा तीन जना सेलिब्रेटीले प्रस्तुती दिने छन् । रुसको राजधानी मस्कोको लुजिन्की रंगशालामा विश्वकपको पहिलो खेल सुरु हुनुअघि आधा घन्टासम्म उदघाटन समारोह चल्ने भएको हो ।

द्घाटन समारोहमा विश्वका विभिन्न देशका नाम चलेका सेलिब्रेटीले साथ दिनेछन् । यस्तै समारोहमा विश्वकपमा सहभागी ३२ वटै टोलीका खेलाडी सहभागी हुने जनाइएको छ । विश्वकपको उपाधि दुई पटक उचालेका ब्राजिलका रोनाल्डोले पनि प्रस्तुती दिने छन् ।

करिब आधा घन्टासम्म चल्ने उद्घाटन समारोह राति ८ः १५ बजे सुरु भइै ८ः ४५ मा सकिने छ । ८ः४५ देखि आयोजक रुसको र साउदी अरबको खेल पनि सुरु हुनेछ । उदघाट्नका क्रममा करिब ८० हजार दर्शकको उपस्थिती रहनेछ ।

यस्तै टेलिभिजनको माध्यमबाट विश्वभरबाट करोडौं दर्शकले विश्वकपको उद्घाटन सत्र हेर्ने फिफाले बताएको छ ।

Advertisement

Advertisement

Advertisement