फुडमाण्डूको ‘चियर योर टिम’ अफर, खाना अर्डर गरे १० प्रतिशत छुट

Foodmandu_cheerYourTeam

काठमाडौंः अनलाईन खाना डेलिभरी कम्पनी फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ ।

घरमै साथीभाई तथा परिवारसँग खेल हेर्दै खानाको मज्जा लिने र बिभिन्न अर्डरसँग खेलको नतिजा अनुमान गर्न सकिने कम्पनीले जनाएको छ । सही उत्तर दिनेले खानामा १० प्रतिशत छुट पाउने छन ।

विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको छ, उसले सामसङको ४३ ईन्चको स्मार्ट टिभी उपहारस्वरुप पाउने छ । यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशतसम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हने जनाएइको छ ।