नायिका केकी अधिकारी प्रेम सम्बन्धमा रहेको चर्चा

Advertisement

काठमाडौंः प्रेम सम्बन्ध र विवाहका बारेमा खासै चर्चामा नआउने अभिनेत्री केकी अधिकारी अहिले भने प्रेम सम्बन्धको कुराले चर्चाको शिखरमा छिन् । उनी विवाहको बारेमा नसोचेको तथा आफु सिंगलरहेको बताउँदै आएकी छिन् ।

पछिल्लो केहि समय यता उनि निकटका मित्रहरुले केकी प्रेममा रहेको चर्चा गर्ने गरेका छन् । गायक आर्जन पाण्डे र केकी अधिकारी बिचको प्रेम सम्बन्धको चर्चा अहिले निकै मौलाएको छ । केकी र आर्जन प्रायजसो साथमै समय बिताउने गेरेको चर्चा चल्दै आएको छ ।

सार्वजनिक कार्यक्रममा गायक पाण्डे र अभिनेत्री सँगसँगै उपस्थित हुने गर्दछन् । केकी निकट स्रोत पनि केकी र आर्जनको सामिप्यता निकै माथि पुगेको बताउछन् । चलचित्र कोहलपुर एक्सप्रेसको टिममा बस्दा पनि अधिकांश समय केकी र आर्जन साथमै हुने गर्दथे ।

आर्जनका अगाडीका गीतमा केकीनै मोडल हुने गर्थिन तर यस पटक भने आर्जनले इन्दिरा जोशीसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । यो गीतमा केकीको संलग्नता नभए पनि उनले आफ्नो पेजमा भिडियो शेयर गरेर स्पोन्सर समेत गरेकी छिन् ।

Advertisement

Advertisement

Advertisement