भूकम्पले क्षति पुर्याएको तातोपानी नाका आगामी वर्षदेखि सञ्चालनमा आउने

Advertisement

काठमाडौंः तातोपानी नाका आगामी मे महिनादेखि सञचालनमा आउने भएको छ । विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको नेपाल र चीनको व्यापारिक नाका सञ्चालनमा आउन लागेको हो ।

विहीवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका सञ्चालनका लागि सरकारले चिनसँग औपचारिक छलफल गरिसकेको बताए । उनले उक्त व्यपारिक नाका अर्को वर्षको मेदेखि सञ्चालनमा आउने बताए ।

सिमानामा रहेको मितेरी पुलसम्म पुग्नको लागि नेपालतर्फको सडक निर्माण सकिएपछि नाका सञ्चालनमा आउने बताइएको छ । चिनको खासामा भूकम्पले क्षती पुर्याएकाले त्याँहाको बस्ती नै सारिएको छ ।

हाल चीनसँग व्यापार गर्ने एकमात्र रसुवागढी केरुङ नाका सञ्चालनमा छ ।

Advertisement

Advertisement

Advertisement