धानको बीउमा अनुदान दिइने

Advertisement

कलैयाः जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ ।

भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए ।

कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक तथा सवा एक जातका कूल १२५ मेट्रिक टन धानको बीउ अनुदानमा वितरण गर्न लागिएको हो ।

गोष्ठी सम्पन्न

वातावरणीय स्वास्थ्य असरसम्बन्धी अभिमुखीकरण गोष्ठी आज कलैयामा सम्पन्न भएको छ । स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखा काठमाडौंले सो गोष्ठीको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाराका अधिकृत प्रेमचन्द्र जैसवालले वातावरणका कारण स्वास्थ्यमा पर्ने असरसम्बन्धी जानकारी गराए ।

सो अवसरमा स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखाका भरतमणि मराठाले नेपालको वातावरणीय अवस्था, वैधानिकता र मापदण्डको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत योगेन्द्र परियारले वातावरणीय प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण तथा ध्वनि प्रदूषणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण पाण्डे, कलैया अस्पतालका प्रमुख डा अनुपमा कुमारी यादवलगायतले वातावरण संरक्षण सम्बन्धि धारणा राखेका थिए ।

Advertisement

Advertisement

Advertisement