सुचना प्रविधि सम्वन्धी अवार्डका लागि असार १ गतेदेखि अनलाइन रजिष्ट्रेशन खुल्ला

Advertisement

काठमाडौंः विगतमा जस्तै यस बर्ष पनि राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) अवार्ड वितरण गरिने भएको छ । सुचना प्रविधिसम्वन्धी म्यागाजिन ‘लिभिङ विथ आइसीटी’ले त्यस्तो अवार्ड वितरण गर्न लागेको हो ।

म्यागाजिनले बिहीबार पत्रकार सम्मेलन गरी सुचना प्रविधिका विभिन्न क्षेत्रमा अवार्ड वितरण सुरु गर्न लागेको जनाएको हो । यस क्षेत्रमा यो सबैभन्दा ठूलो अवार्ड भएको आयोजकको दावी छ ।

सो अवार्डको तेस्रो संस्करण भदौ १ गतेबाट सुरु हुनेछ । यस संस्करणमा तीन वटा विधा थप गर्दै प्रविधि क्षेत्रको सबै व्यक्ति तथा संस्थालाई समेटिएको जनाइएको छ । यस अवार्डमा सहभागी असार १ गतेदेखि अनलाइन रजिष्ट्रेशन खुल्ला गरिनेछ ।

Advertisement

Advertisement

Advertisement