आजको खेल रसियाले जित्ने बिरालोको दाबी

Advertisement

एजेन्सीः आजदेखि रुसमा सुरु भएको विश्वकप २०१८ को पहिलो खेलमा रसियाले जित निकाल्ने विश्वकपमा भविष्यवाणि गर्ने विरालोले गरेको छ । विश्वकपको भविष्यवाणि गर्ने ‘एलिच’ विरालोले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणि गरेको हो ।

उक्त कान नसुन्ने विरालोको अगाडी रुस र साउदी अरेबियाको झन्डा अंकित बलमा खाना राखिएको थियो । फिफाबाट आधिकारिक्ता पाएको एलिचले रुसको बल भएको खाना खाएपछि रुसले जित्ने भविष्यवाणि भएको हो ।

यसअघि विरालोले गरेको भविष्यवाणि केही मेला खाएपछि फिफाले भविष्यवाणि गर्ने आधिकारिक्ता प्रदान गरेको थियो ।

Advertisement

Advertisement

Advertisement