माछापुच्छ्रेले फेरि थप्यो चार शाखा, जेठमा मात्रै १७ नयाँ शाखा विस्तार

Advertisement

काठमाडौंः माछापुछ्रे बैंकले थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि जेठ १ र ६ गते १३ नयाँ शाखा सुरु गरेको सो बैंकले बिहीबार अरु चार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ठाउँमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

माछापुछ्रे बैकले गएको चैत्र मसान्तसम्म ६८ अर्व निक्षेप परिचालन गरी ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड खुद मुनाफा गरेको छ । बैंकको कुल शाखा संख्या ८१ वटा पुगेको छ भने दुई वटा एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैकिङ सेवा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement