सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौंः सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझौता भएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, खातावाल महानुभाव तथा कर्मचारीहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने जनाइएको छ । सिटिजन्स बैंकले हालसम्म ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement