विश्वकपमा आज तीन खेल हुँदै, स्पेनविरुद्ध रोनाल्डोको पोर्चुगल भिड्ने

Advertisement

काठमाडौंः रुस विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवार तीन खेल हुँदैछन् । आज इजिप्टले उरुग्वेविरुद्ध, मोरोक्कोले इरानविरुद्ध र स्पेनले पोर्चुगलविरुद्ध भिड्न लागेका हुन् ।

समूह ‘ए’ को एक खेल र समूह ‘बी’का दुई खेलमा गरि आज तीन खेल हुने भएका हुन् । पहिलो खेल नेपाली समयअनुसार ५ः ४५ बाट इजिप्ट र उरुगवेबीच सुरु हुनेछ । यस्तै ८ः ४५ देखि मोरक्को र इरानको र राति ११ः ४५ बजे स्पेन र पोर्चुगलको खेल हुनेछ ।

उरुग्वे भर्सेस इजिप्ट
समूह एको बलियो टोली उरुग्वेले इजिप्टको सामना गर्दा ठुलो दबावका साथ विश्वकप सुरु गर्दैछ । तर, इजिप्टभन्दा उरुग्वेको इतिहाँस राम्रो रहेको छ । उरुग्वे दुई पटकको विश्वकप विजेता टोली हो ।

उरुग्वेमा बार्सिलोनाका लुइस स्वारेज छन् भने इजिप्टमा लिभरपुलका मोहम्मद सालह रहेका छन् । सम्भावित जित्ने टिम उरुग्वे

इरान भर्सेस मोरक्को
समूह बीको पहिलो खेलमा एसियाली टिम र अफ्रिकन टोली मोरक्को भिड्दै छन् । यी दुवै राष्ट्र पाँचौ पटक विश्वकपमा सहभागी हुँदैछन् । सम्भावित विजेता मोरक्को

स्पेनविरुद्ध पोर्चुगल
समूह बीको उत्कृष्ट खेलकोरुपमा स्पेन र पोर्चुगल भिडदैछन् । २०१६ को युरोकप विजेता पोर्चुगलविरुद्ध दुई पटकको युरोकप विजेता र एक पटकको विश्वकप विजेता राष्ट्र स्पने खेल्न लागेका हुन् । सम्भावित विजेता टोलि स्पेन

Advertisement

Advertisement

Advertisement