सामसङको एयर प्युरिफायर बजारमा, मूल्य रु. २२ हजार ४९०

Advertisement

काठमाडौंः इलेक्ट्रोनिक्स ब्रान्ड सामसङको एएक्स३००० एयर प्युरिफायर नेपाली बजारमा भित्रिएको छ । यसले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउने सामसङले जनाएको छ ।

यस एयर प्युरिफायरमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक किटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउने कम्पनीले जनाएको छ । यसको मूल्य २२ हजार ४९० रुपियाँ रहेको छ ।

एएक्स३००० मा ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको छ । यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषणरहित पार्न सक्भन्दै सामसङले विभिन्न कलरमा उपलब्ध यी एयर प्युरिफायरहरुमा डिजिटल डिस्प्ले रहेको जनाएको छ ।

यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पिएम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ । सामसङ एयर प्युरिफायर नेपालभरका सामसङका डिजिटल प्लाजा तथा निश्चित आधिकारिक सामसङ डिलरहरुमार्फत खरिद गर्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement