प्रदेश ७ को बजेट २५ अर्बको, पूर्वधार विकासलाई प्राथमिकता

Advertisement

धनगढीः प्रदेश ७ को सरकारले २५ अर्ब छ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले बजेटमा पूर्वाधारलाई जोड दिएर २५ अर्बभन्दा माथिको बजेट शुक्रवार ल्याएको हो ।

यस्तै, प्रदेशर सरकारले पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदलाई दुई करोड रुपियाँ दिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले उक्त परिमाण बराबरको बजेट पेश गरेका हुन् ।

बोहराले चालुतर्फ १३ अर्ब ३५ करोड आठ लाख रुपियाँ र पूँजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै सरकारले ४९ करोड ३० लाख रुपियाँ राजश्वबाट संकलन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement