विश्वकपमा उरुग्वेको विजय सुरुवात, इजिप्ट १-० ले पराजित

Advertisement

एजेन्सीः दुई पटककको विश्व विजेता उरुग्वेले विश्वकपमा विजय सुरुवाता गरेको छ । इजिप्टले खेलको अन्यतिर गोल आएको हो ।

निकै रक्षात्मक खेल खेलेको इजिप्टले इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् ।

इजिप्टका गोलकिपरले दोस्रो हाफमा लुइस स्वारेज र एडिन्सन काभानीका दुई राम्रो प्रहारको शानदार बचाऊ गरेका थिए । इजिप्टका लागि उनका चोटिल रहेका फरवार्ड मोहम्मद सलाह भने खेलमा सहभागी थिएनन् ।

यस जितसंगै उरुग्वेले समूह ‘ए’मा ३ अंक जोड्न सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement