अरुण तेस्रोको बाँध निर्माणस्थलमा पहिरो खस्यो, कम्तिमा पाँच जना बेपत्ता

Advertisement

खाँदबारी (संखुवासभा)ः भारतीय लगानीमा निर्माण सुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा गए राति पहिरो खसेको छ । पहिरोमा पाँचजना बेपत्ता भएका छन् ।

मकालु गाउपालिकाको फ्याक्सिन्दा दोभानमा गए राति करिब ९ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । संखुवासभा डीएसपी श्याम सारु मगरका अनुसार आयोजनाको बाँध निर्माणस्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहिरो खस्दा पाँच जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा आयोजनाका लागि काम गर्दै आएका कालिकोटका ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्र नगरपालिका १ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षीय नन्द किशोर र नाम नखुलेका अर्का एक छन् ।

सुरुङमा अरु पनि कामदार हुनसक्ने अनुमान गरिएको छ । स्काभेटरहरुका साथै प्रहरीले पहिरो खोतलेर उनीहरुको उद्धार जारी राखे पनि पहिरो खस्ने क्रम जारी रहँदा उद्दार कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement