त्रिभुवन विश्वविद्यालयमा एनआइसी एसियाको वृक्षारोपण

Advertisement

काठमाडौंः एनआइसी एसिया बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्राङ्गणभित्र बिभिन्न प्रजातीका बोटविरुवा रोपेको छ । हरियाली अभियानमार्फत वातावरणीय सन्तुलनमा योगदान पुर्याउन वृक्षारोपण गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया पनि सहभागी भएका थिए । एनआइसी एसिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्यान, खेलकुद मैदान आदिमा वृक्षारोपण गर्दै आएको छ । एनआइसी एसियाले हालसम्म करिब ११ हजार विरुवाहरु रोपिसकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement