लुम्बिनीमा पाँचतारे होटल चाँडै सञ्चालनमा आउँदै

Advertisement

काठमाडौंः लुम्बिनीमा आउँदो अक्टोबरदेखि पाँचतारे होटल ‘पवन प्यालेस’ सञ्चालनमा आउने भएको छ । दुई अर्ब लगानीमा निर्माण भइरहेको होटलको ९० प्रतिशत काम सकिसकेको कम्पनीका लेखा अधिकृत रफिक पठानले जानकारी दिए ।

दुई विघा चार कठ्ठामा निर्माण भइरहेको होटलले थप १० कठ्ठा जग्गा किन्ने तयारी गरेको छ । होटलको मार्केटिङ सुरु भइसकेको र दश वटा भन्दा बढी रुम बुकिङ भइसकेको पठानले बताए ।

विशेषगरी बुद्ध धर्मावलम्बीका लागि लक्षित गर्दै होटलभित्र अल डे डाइनिङ रेष्टुरेन्ट ‘ओलिबिया’ निर्माण भइरहेको छ । ओलिबियाले तराई, पहाडी र हिमाली क्षेत्रमा प्रयोग हुने परम्परागत परीकार तथा विभिन्न नेपाली परिकारहरु बुफेट सिस्टममा सर्भिस दिनेछ ।

होटलमा एक सय ५० रुम हुने तथा ३५ वटा स्विट रुम र एउटा प्रेसिडेन्सियल रुम हुने अधिकृत पठानले जानकारी दिए । होटलमा दुई सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए ।

Advertisement

Advertisement

Advertisement