मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकियो

Advertisement

काठमाडौंः लिओनल मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिन बाध्य भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा मेस्सीले पेनाल्टीको मौकालाई सदुपयोग गर्न असफल भएका हुन ।

खेलको अधिकांश समय आइसल्याण्डलाई निकै दबाबमा राखेको अर्जेन्टिनाले गोल गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले एक एक गोल गर्दै अंक बाँडेका हुन् ।

खेलको १९ औं मिनेटमा सर्जिओ एग्युरोले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए पनि त्यसको चार मिनेटपछि नै आइसल्याण्डले गोल फर्काएको थियो । आइसल्याण्डका अल्फ्रेड फिनबोगसनले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएकोमा मेस्सीले हानेको बल आइसल्याण्डका गोलकिपरले सजिलै रोकिदिएका थिए ।

Advertisement

Advertisement

Advertisement