डिफेन्समा बलियो स्वीजरल्याण्ड ब्राजिलका लागि भारी पर्न सक्ने

Advertisement

काठमाडौंः रुस विश्वकप २०१८ को प्रमुख उपाधि दावेदार ब्राजिलले आइतवारदेखि विश्वकप यात्रा सुरु गर्दैछ । समूहमा ‘इ’मा रहेको ब्राजिलले स्वीजरल्याण्डविरुद्धको खेलबाट आफ्नो विश्वकप यात्रा सुरु गर्न लागेको हो ।

सन् २०१४ मा आफ्नै घरमा आयोजना भएको विश्वकपमा जर्मनीसँग सेमिफाइनलमा ७१ को अप्रत्यासित हार ब्येहोरेको ब्राजिल अहिले उत्कृष्ट लयमा छ । विश्वकपकै उत्कृष्ट अग्रपंक्तीको साथमा रहेको ब्राजिलसँग मिडफिल्ड झनै उत्कृष्ट छ । यस्तै डिफेन्समा पनि ब्राजिलले राम्रो प्रदर्शन गर्न सक्ने बताइएको छ ।

प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । ब्राजिलको अग्रपंक्तिमा नेइमार, जेसस र विलियनले खेल्नेछन् । विश्वकप अगाडी ब्राजिलले खेलेको अभ्यास खेलमा अष्ट्रियालाई ३० को र क्रोएसियाविरुद्ध २० को जित निकालेको थियो ।

तर, खेलमा स्वीजरल्याण्डले प्रतियोगिताकै उत्कृष्ट डिफेन्सको साथमा खेल खेल्नेछ । स्वीजरल्याण्डले जापानलाई २० ले पराजित गरेको थियो भने स्पेनलाई ११ को बराबरीमा रोकेको थियो ।

विश्वकपको उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई स्वीजरल्याण्डको बलियो डिफेन्सले चुनौती दिने पक्का छ ।

Advertisement

Advertisement

Advertisement