धादिङका इँटाभट्टा करोडौंको राजश्व छल्दै

Advertisement

काठमाडौंः काठमाडौंलाई लक्षित बजार बनाइ धादिङको नौविसेलगायतका क्षेत्रमा सञ्चालन भइरहेका इँटा उद्योगहरुले करोडौंको राजश्व छलि गर्दै आएका छन् । राजधानीबाट विस्थापित भएर धादिङको नैविसे र थाक्रे पुगेका उद्योगहरुले करोडौंको भ्याट छल्दै आएका हुन् ।

भ्याट छल्नका लागि इँटाभट्टा सञ्चालकले सर्वसाधारणलाई दूई वटा बिल दिने गरेको पाइएको छ । धदिङको धुनिवेसी, जीवनपुर, महेशफाँट, निलकण्ठ, नौविसे, थाक्रे लगायतका स्थानमा सञ्चालीत विभिन्न ४० उद्योगहरुले राजश्व छली गर्दै आए पनि सरोकारवाला निकाय तथा भट्टा सञ्चालकहरु भने मौन छन् ।

राजश्व छल्ने उक्त इँटा भट्टाहरुले गरेको वातावरण प्रदुषणको विषयमा पनि सरोकारवाला निकाय मौन छन् ।

Advertisement

Advertisement

Advertisement