अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको सकुशल उद्धार

Advertisement

संखवासभाः अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ मार्गमा पुरिएका चार जनाको उद्धार गरिएको छ । उनीहरुको सुरुङमा पुरिएको ३८ घन्टापछि जिवतै उद्धार गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । टोलीले सुरुङमा पुरिएका कालिकोटका प्रदीप शाही, जुम्लाका प्रेम परियार, भारत झारखण्डका सुधन मुन्डा र भारत विहारका नन्क किशोरको उद्धार गरिएको छ ।

Advertisement

Advertisement

Advertisement