अनुसन्धान समितिको म्याद दोस्रो पटक थप

Advertisement

काठमाडौंः सरकारले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान गर्नलाई गठन गरेको उच्चस्तरिय अनुसन्धान समितिको म्याद दोस्रो पटक थपिएको छ । गृहमन्त्रालयका सचिवको नेतृत्वमा रहेको टोलीको म्याद असार मसान्तसम्मलाई थप गरिएको हो ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले समतिको म्याद एक महिनाका लागि थपिएको हो । गत वर्षको चैत २० गते गठन भएको समितिको म्याद सुरुमा ४५ दिको लागि थपिएको थियो ।

समितिले साढे ३३ किलो सुन प्रकरणसँग जोडिएका प्रहरी अधिकारीसहित ३३ जनाको बयान लिइसकेको छ । यस्तै, समितिको नेतृत्वमा प्रहरीले एमके अग्रवालको घरमा, आरके ज्वेलर्समा र बाजेको सेकुमा पनि छापा मारिसकेको छ ।

हाल पक्राउ परेका ६३ जनाविरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मारेङलाई सिफारिस गरेको थियो ।

Advertisement

Advertisement

Advertisement