यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

Advertisement

काठमाडौंः यति एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । विमान आवतरणको क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट चिप्यिर घाँसे मैदानमा पुगेको हो ।

पोखरा विमानस्थलका अनुसार विमान धावन मार्गबाट चिप्लिएपनि ठुलो दुर्घनाबाट जोगिएको छ । यति एयरको नाइन एन एएचयुको कलसाइन भएका उक्त जहाजमा रहेका चालक दलसहित २० यात्रु सकुशल रहेको जनाइएको छ ।

जहाज काठमाडौंबाट यात्रु लिएर पोखरातर्फ उडेको थियो ।

Advertisement

Advertisement

Advertisement