मिस ग्यालेक्सी लेपाल २०१८ को ताज न्यन्सी अग्रवाललाई

Advertisement

काठमाडौंः दक्ष्य इन्टरनेशनल प्रालिले आयोजना गरेको मिस ग्यालेक्सी नेपाल २०१८ को उपाधि न्यान्सी अग्रवालले जितेकी छिन् ।

राष्ट्रीय नाचघरमा भएको उक्त प्रतियोगीतामा अन्य प्रतियोगीहरुलाइ पछि पार्दै न्यान्सी अग्रवाल मिस ग्यालेक्सी नेपाल २०१८ को तज जित्न सफल भइन् । करीब एक महीनाको प्रशिक्षण पछि प्रतियोगीताको आयोजना गरीएको थियो ।

मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले जित्न सफल भए । मस्ट पपुलरको ताज भने बिजेता न्यन्सी अग्रवालले जित्न सफल भएकी छिन् ।

मिस ग्यालेक्सी २०१८ को कोरियोग्राफी कोरियोग्राफर आस्विनी झाले गरेका थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्याबसायिक मोडल बनाउन मिस ग्यालेक्सी २०१८ को आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा काठमाडैं महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठ रहेकी थिइन् । प्रतियोगिताको निर्णायक मण्डलमा नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसी, चिरन्जिबी गुरागाई, डा. राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर थिए ।

Advertisement

Advertisement

Advertisement