काभ्रेको नमोबुद्धमा राष्ट्रिय बाणिज्य बैंकको शाखा सञ्चालन

Advertisement

काठमाडौंः राष्ट्रिय बाणिज्य बैंकले काभ्रेको नमोबुद्धस्थित भकुण्डेबेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनालले यसको उद्घाटन गरेका हुन ।

बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा विस्तार गरी जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठल बताए । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म एक खर्ब ५३ अर्ब निक्षेप संकलन तथा एक खर्ब १२ अर्ब कर्जा लगानी गरी तीन अर्ब आठ करोड खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement