इन्धनको मूल्य घट्यो, पेट्रोल अब प्रतिलिटर ११० रुपियाँ

Advertisement

काठमाडौंः यसअघि पटक पटकको वृद्धिपछि आइतबार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोल प्रतिलिटर तीन रुपियाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुईदुई रुपियाँले मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेअनुसार इण्डियन आयल कर्पोरेशनबाट आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले मूल्य बढेर आए नेपालमा पनि मूल्य बढाउने र घटेर आए घटाउने गर्दै आएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपियाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९३।९३ रुपियाँ कायम भएको छ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा सात करोड ८६ लाख रुपियाँ हुने गोइतले बताए ।

Advertisement

Advertisement

Advertisement