स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोकेसँगै ब्राजिलको उपाधी यात्रा कठिन बन्ने संकेत

Advertisement

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा पटक पटकको विश्वकप फुटबल बिजेता ब्राजिललाई स्विजरल्याण्डले कडा चुनौति दिएको छ । स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै ब्राजिलको उपाधि यात्रालाई कठिन बनाएको हो ।

रुसको रोस्तोभ एरिनामा भएको समूह ई को खेलको पहिलो हाफमा ब्राजिलले अग्रता लिए पनि दोस्रो हाफमा स्विटजरल्यान्डले गोल फर्काउँदै ब्राजिललाई बराबरी गरेर अंक बाँडन सफल भएको हो ।

चर्चित क्लबहरुबाट खेल्ने चर्चित खेलाडीहरुले भरिएको ब्राजिलको टिमले स्विटजरल्यान्डलाई निकै दबाबमा राखे पनि डिफेन्समा राम्रो रहेको स्विजरल्याण्डलाई पछि पार्न सकेन ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका ब्राजिलका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५० औँ मिनेटमा स्विजरल्याण्डका स्टेभन जुबेरले हेड गर्दै गोल गरेर खेललाई बराबरी गरेका थिए । ब्राजिलका निकै चर्चित नेइमार पनि अर्जेन्टिनाका मेस्सी जस्तै पटक पटक गोल गर्नबाट असफल रहे ।

Advertisement

Advertisement

Advertisement