प्रभु बैंकको २२ लाख ३१ हजार दुई सय ६५ कित्ता सेयर लिलामिमा

Advertisement

काठमाडौंः प्रभु बैंकले २२ लाख ३१ हजार दुई सय ६५ कित्ता सेयर लिलामिबाट बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरको १५ लाख ६० हजार दुई सय तीन कित्ता र साधारण तर्फको छ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकले गत माघमा जारी गरेको हकप्रद सेयर बिक्री नभएपछि लिलामिमार्फत बिक्रीगर्न लागेको हो । लिलामिको सेयर आवेदन गर्ने न्युनतम मूल्य एक सय रुपियाँ कायम गरेको छ ।

बैंकले असार ११ गतेदेखि १८ गतेसम्मको लागी लिलामिको आवेदन खुला गरेको छ । लिलामिमा सेयर खरिदको आवेदन प्रभु क्यापिटल र प्रभु बैंकको शाखाबाट दिन सकिने बैंकले जनाएको छ ।

बैंकको सेयर बिक्रीप्रबन्धक प्रभु क्यापिटल रहेको छ । सेयरबजारमा प्रभु बैंकको सेयरको बजार मूल्य एक सय ९९ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement