यस पटकको विश्वकपमा नसोचेको नतिजा आउने सम्भावना बढ्दै

Advertisement

काठमाडौंः रुसमा जारी २१औं संस्करणको विश्वकप २०१८ अहिले रोमाञ्चक मोडमा पुगेको छ । विश्वकप जित्ने अड्कल लगाइएका टोलीले आफ्नो पहिलो खेलमा अप्रत्यासित नतिजाको सामना गर्दा प्रतियोगिताले नयाँ मोड लिएको हो ।

उपाधिका प्रबल दाबेदार ब्राजिल, डिफेन्डिङ च्याम्पियन जर्मनी, उत्कृष्ट स्पेन, रोनाल्डोको पोर्चुगल र मेस्सीको अर्जेन्टिनाले नसोचेको नतिजाको सामना गरेका छन् । पोर्चुगल र स्पेनले ३३ को बराबरीमा खेल्छन् भन्ने सायदै कसैले सोचेका थिए ।

अर्जेन्टिनालाई आइसल्याण्डले ११ को बराबरीमा रोक्ला, जर्मनीलाई मेक्सिकोले १० ले हराउला र ब्राजिललाई स्वीजरल्याण्डले ११ को बराबरीमा रोक्ने कल्पना पनि कसैले गरेका थिएनन् ।

तर, जर्मनीको हार, ब्राजिल, अर्जेन्टिना, स्पेन र पोर्चुगल विश्वकपको आफ्नो पहिलो खेल्मै बराबरीमा रोकिएपछि विश्वकपको उपाधि अन्य कुनै टोलीले जित्ने सम्भावना बढेर गएको अन्तर्राष्ट्रिय फुटबल पण्डितले बताउन थालेका छन् ।

उपाधिका दाबेदार मानिएकामध्ये फ्रान्सले मात्र जित निकाल्न सक्यो भने इङ्ल्याण्ड र बेल्जियमको खेल सोमबार हुँदै छ । विश्व फुटबलमा दबदवा कायम राखेका टोलीको हार र बराबरीको सृङखलाले विश्वकप २०१८ लाई नयाँ मोडमा पुर्याइदिएको हो ।

तुलनात्मकरुपमा कमजोर मानिएका टोलीले अप्रत्यासित जित तथा बराबरीको नतिजा निकाल्दै आफुहरु कमजोर नभएको सन्देश विश्वलाई दिएका छन् । साथै, उक्त नतिजाले ठूला र बलिया मानिएका टोलीलाई खेल जित्न सहज छैन भन्ने शिक्षा पनि दिएको छ ।

सामाजिक सञ्जालका भित्ताहरु यतिबेल फुटबलमय बनेको छ । नेपाली फुटबल सर्मथकहरु फेसबुक, ट्वीटर र इन्स्टाग्रामबाट आफ्ना टोलीको बचाउ गर्नलाई र विपक्षी टोलीको विरोध गर्न आफ्नो दिमाग राम्रेसँग लगाएका छन् ।

इटाली, चिली, नेदरल्याण्डसबिनाको विश्वकप खल्लो हुने अनुमान गर्ने फुटबल विज्ञहरुले यतिबेला चर्चा बटुलिरहेका छन् । खेलमा जस्तोसुकै नतिजा निस्किए पनि विगत आठ दशकदेखिनै विश्वमा दबदवा कायम गर्दै आएका सिमित टोलीलाई चुनौती दिन सक्छन् भन्ने प्रमाणित कमजोर मानिएका टोलीले गरिदिएका छन् ।

सुरुवाती खेलको नतिजा हेर्दा यस पटकको विश्व विजेता कसैले नसोचेको टिमले चुम्ने लक्ष्यण देखिएको छ ।

Advertisement

Advertisement

Advertisement