प्राइम लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो ७३ लाखको बीमा मृत्यु दावी

Advertisement

काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्सले ७३ लाख ६६ हजार रुपियाँको बीमा मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीमा बीमित मृतक भुवन पन्तको परिवारलाई उक्तको चेक हस्तान्तरण गरेको हो ।

शनिबार कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गदै
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले मृतक बीमित पन्तका बुवा भवानीदत्त पन्तलाई जीवन बीमा रकम र दुर्घटना लाभसहितको रकम हस्तान्तरण गरे ।

बीमित भुवन पन्तकोे मिति गएको बैशाख २१ गते महेन्द्रनगरदेखि नेपालगञ्ज जाने क्रममा बर्दियामा जीप दुर्घटनामा परि मृत्यु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । बीमित पन्तले बिमाङ्क ४१ लाख रुपियाँको बीमा गरेको र सोको लागि पहिलो किस्ताबापत एक लाख ४५ हजार तीन सय ८५ रुपियाँको बीमाशुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement