सेयर बजार खुम्चिएर जम्मा १९ करोडको कारोबार

Advertisement

काठमाडौंः लगातार घटबढ भईरहेको सेयर बजार नेप्सेमा सोमबार भने सुधार आएको छ । आज नेप्से एक दशमलव ९२ अंकले बढ्दै एक हजार २३५ अंक कायम भएको ।

नेप्सेमा एक अंकको सुधार आएपनि आज १९ करोड ५२ लाख रुपियाँ बराबरको पाँच लाख कित्ता सेयर कारोबार भए । हिजो आइतवार भने २४ करोड ४५ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से बढेपनि उत्पादन समूह, फाइनान्स समूह, विकास बैंक समूह र वाणिज्य बैंक समूहमा गिरावट आएको छ । सबैभन्दा बढी उत्पादन समूहमा ८ दशमलव १८ अंकले, विकास बैंक समूहमा १ दशमलव २७ अंकले, बैंकिङ र फाइनान्स समूहमा क्रमशः ० दशमलव ५४ र ० दशमलव २६ अंकले गिरावट आएको छ ।

यस्तै, बीमा समूहमा सार्वधिक २२ दशमलव ५२ अंकको, जलविद्युत समूहमा ९ अंकको, लघुवित्त समूहमा ८ दशमलव ७ अंकको वृद्धि आएको छ ।

Advertisement

Advertisement

Advertisement